×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

राजनीतिक दलहरूले जनताको कुरा केन्द्रमा राख्नुपर्छः चिनियाँ राष्ट्रपति

२३ असार २०७८

२३ असार, काठमाडौं ।

चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूले जनताको आवाज सुनेर समस्या समाधानमा जोड दिएका छन् ।

Advertisement

चिनियाँ कम्युनिस्ट पार्टी एक शताब्दी पुगेको अवसरमा विश्वका राजनीतिक पार्टीका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा बोल्दै राष्ट्रपति सी जनताको समस्या समाधानका लागि उनीहरूको आवाज सुन्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो सम्बोधनमा शान्तिपूर्ण विकास नै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्थिर लक्ष्य भएको बताएका छन् । सम्बोधनमा सीले विभिन्न देशका राजनीतिक दलहरूलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्न र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा अगाडि बढ्न आह्वान गरेका छन् ।

सो सम्मेलनमा नेपालको तर्फबाट नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलको उपस्थिति छ । सम्मेलनमा १ सय ६० वटाभन्दा धेरै मुलुकका राजनीतिक पार्टी र राजनीतिक संगठनका ५ सय बढी नेता तथा १० हजारभन्दा बढी राजनीतिज्ञ सहभागी भएका छन् ।

सन् १९२१ मा स्थापना भएको सीपीसीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा ‘जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार’ भन्ने विषयक सम्मेलनमा सीले सम्बोधन गरेका हुन् । सीले सम्बोधनका क्रममा सबै देश तथा राष्ट्रहरू समान रूपमा विकासको अवसर र अधिकारको हकदार भएको बताए ।

विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकास स्तर फरकफरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रतासमेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको बताए ।

साथै उनले नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्यमा गर्नुपर्ने र महामारीको राजनीतीकरणको विरोध गर्नुपर्ने बताए । उनले आतंकवादलगायत अन्य क्षेत्रमा मानव जातिको सत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा सीपीसीको शतवार्षिकीका अवसरमा १ सय ७० देशका ६ सय २४ राजनीतिक पार्टी तथा संगठनबाट १ हजार ५० वटा शुभकामना तथा बधाई सन्देश प्राप्त भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद पनि ज्ञापन गरे । साथै चिनियाँ जनताको भविष्यसँगै विश्वका सबै जनताको उज्ज्वल भविष्यका लागि सदा लागि रहने पनि उनले बताए ।

राष्ट्रपति सीले पृथ्वी एउटा घर भएको बताउँदै पाँचवटा बुँदा प्रस्तुत गरे । उनले नेतृत्वले जिम्मेवारी वहन गर्नुपर्ने र मानव जातिको साझा हितमा सोच्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले सबकै मानवजातिको साझा मूल्य र मान्यतालाई अगाडि बढाउनुपर्ने बताए ।

तेस्रो उनले सबै मानिसले विकासको फलप्राप्त गर्नुपर्ने र विकासको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ छ । साथै सम्बोधनमा चौथो बुँदामा विश्वव्यापी जोखिम र चुनौतीको विषयमा जोड दिए । अन्त्यमा उनले सुशासन सुधार र जिम्मेवारी वहन गर्दै जनतालाई खुसी बनाउनेमा केन्द्रित हुनुपर्ने बताए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top