देउवाले बोलाए पदाधिकारी बैठक

२८ असार ७८, मंगलबार

२९ असार, काठमाडौं ।
प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।

बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा सरकार गठन तथा सञ्चालनबारे छलफल हुने उनले बताए।

सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका प्रधानमन्त्रीको शपथ लिँदै छन्। उनले सानो आकारको मन्त्रीमण्डल पनि बनाउने तयारी छ। तर कांग्रेसबाट को को मन्त्री बन्ने भन्नेबारे टुंगो लागेको छैन।

देउवा निवासमा हुने बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ। अहिलेसम्म प्रकाशमान सिंह, शशांक कोइराला, बिमलेन्द्र निधि, बालकृष्ण खाँडसहितले सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको जनाइएको छ।

शशांकले आफू चिकित्सा क्षेत्रबाट आएकाले पनि स्वास्थ्य मन्त्रालय दिए सरकारमा सहभागी हुने बताएको स्रोतले जानकारी दियो। यस्तै खाँडले रक्षा तथा निधिले भौतिक पूर्वाधार मन्त्रालयमा इच्छा व्यक्त गरेका छन्।

तर सरकारको प्रमुख घटकका रुपमा रहने माओवादी केन्द्र तथा बहुमतका लागि सहयोग चाहिने जसपासँगै एमालेको नेता नेपाल पक्षसँग पनि छलफल गरेपछि मात्रै सरकार र मन्त्रालयबारे टुंगो लाग्ने भएकाले मंगलबार सानो आकारको मन्त्री परिषद बन्ने छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top