ओलीले भने – अदालतको फैसला स्वीकार्छौँ

२९ असार, काठमाडौँ ।

Advertisement

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार दिउँसो देशवासीको नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई स्वीकार गर्ने बताएका हुन् ।

Advertisement

उनले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश देउवाका पक्षमा गएको बताएका छन्। ‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ उनले भने, ‘परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top