देउवाले लिन मानेनन् शपथ

२९ असार, काठमाडौं ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

विज्ञप्ति नसच्याएसम्म शपथ ग्रहण गर्न देउवाले अस्वीकार गरेका छन् । देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्तीपत्र सच्याएर पुन जारी नगरेसम्म शपथ नलिने बताएको स्रोतको दाबी छ ।

Advertisement

संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा कुनै धारा उल्लेख छैन । राष्ट्रपति कार्यालय भने यस विषयमा मौन बसेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top