पाकिस्तानसँगको एक दिवसीय श्रृङ्खलामा इङ्ग्ल्यान्डको क्लिनस्विप

२९ असार ७८, बुधबार

३० असार, काठमाडौं ।

इङ्ग्ल्यान्डले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले क्लिनस्विप गरेको हो । जितका लागि ३ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्यान्डले ४८ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।

इङ्ग्ल्यान्डका जेम्स भिन्सले १ सय २ रनको शतकीय पारी खेले । लुइस ग्रेगरीले ७७ रनको योगदान दिए । पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शादब खानले २ र हसन अलीले एक विकेट लिए । बर्मिंघममा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो ।

बाबर आजमले १ सय ५८ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । इमाम उल हकले ५६ रन जोडे । इङ्ग्ल्यान्डका ब्रायडन क्रसेले ५ विकेट लिए । सकिब मोहम्मदले ३ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १८ रन र दोस्रो खेलमा ५२ रनले पराजित भएको थियो । पाकिस्तान र इङ्ग्ल्यान्डबीच शुक्रवारदेखि तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि हुनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top