दक्षिण अफ्रिकामाथि आयरल्यान्डको ऐतिहासिक जित

२९ असार ७८, बुधबार

३० असार, काठमाडौं ।

घरेलु टिम आयरल्यान्डले दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ४३ रनले हराएको छ । यससँगै आयरल्यान्डले पहिलो पटक एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको हो ।

डुब्लिनमा आयरल्यान्डले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४८ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४७ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि जानिमन मालनले ८४ रनको अर्धशतकीय इनिङ्ग पारी खेले । रस्सी भान डेर डुसेनले ४९ रन र डेभिड मिलरले २४ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मार्क एडिर, जोस लिटल, एन्डी म्याकब्रिनेले २÷२ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनेले १ सय २ रनको शतकीय पारी खेले । त्यस्तै ह्यारी टेक्टरले ७९ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवयोले २ विकेट तथा कागिसो रबाडा, तबरेज शाम्सी र केशव महाराजले एक÷एक विकेट लिए ।

तीन खेलको श्रृङ्खलामा आयरल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम एक दिवसीय शुक्रवार हुनेछ । वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top