सुनसरीमा जीप दुर्घटना ः ६ जनाको मृत्यु, ४ जना घाईते

विराटनगर,असार १९
सुनसरीको कोशी गाउँपालिका – ४ कोशी कटानमा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको भारतीय स्कारपिओ जिप दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन् ।

Advertisement

मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीयाका ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमारको मात्रै सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

Advertisement

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top