मौद्रिक नीति आउन ढिलो हुने

३ साउन, काठमाडौं ।

Advertisement

सरकार परिवर्तन भएपछि मौद्रिक नीति आउन केहि दिन पर धकेलिने भएको छ।

नेपाल राष्ट्र बैंकले भने मौद्रिक नीतिको लागि सम्पुर्ण तयारी सकिसकेको छ तर अर्थमन्त्रालयमा नयाँ अर्थमन्त्री आएसँगै मौद्रिक नीति सार्वजानिक गर्न केहि ढिलाई भएको हो।

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार मात्रै पत्रकारसँगको भेटमा मौद्रिक नीतिको विषयमा छलफल भइरहेको जनाएका थिए। ‘सबै क्षेत्रका मागहरु छन्। ती सबै कुरा मौद्रिक नीतिमा समाबेश हुनुपर्छ भन्ने छ। त्यसमा हामी छलफलमा जुटेका छौ,’ उनले भनेका थिए ‘त्यो छलफलपछि मौद्रिक नीति आउने छ।’

यसअघिको सरकारले ल्याएको बजेट र छलफलको आधारमा केन्द्रिय बैंकले मौद्रिक नीति तयार गरिसकेको थियो। तर नयाँ सरकारले बजेटमा समेत संशोधनको तयारी गरेको छ।

Advertisement

मौद्रिक नीति तर्जुमा गर्नको लागि राष्ट्र बैंक स्वायत्त हुने भए पनि बजेटले उल्लेख गरेका काय्रक्रमहरुलाई समेत टेवा पुग्ने र ती कार्यक्रमहरुलाई कार्यन्वयन गर्ने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने भएकोले मौद्रिक नीति सार्वजानिक गर्न केहि ढिलाई हुने भएको स्रोतले जानका्ी दियो ।

केन्द्रिय बैंकले साउन ३ गते नै चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको थियो। तर नयाँ सरकार आएकै कारण मौद्रिक नीति सार्वजानिक गर्न केहि दिन ढिलाइ हुने भएको बताइएको छ।

मौद्रिक नीति उपयुक्त समयमा आउने केन्द्रिय बैंकका प्रबक्ता देव कुमार ढकाल बताउँछन्। ‘मौद्रिक नीति कहिले सार्वजानिक गर्ने भनेर मिति तोकिएको छैन,’ प्रबक्ता ढकालले भने ‘हामी आफ्नो तयरी गरिरहेका छौ। मौद्रिक नीति उपयुक्त समयमा आउँछ।’

गत आर्थिक वर्षमा पनि केन्द्रिय बैंकले साउन २ गते नै मौद्रिक नीति सार्वजानिक गरेको थियो। यस वर्ष पनि साउनको सुरुमा नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रिय बैकको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top