×

NEPAL TIMES UPDATES

Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026

भरतपुर अस्पतालमा बढ्न थाले सर्पदंशका बिरामी

३ श्रावण २०७८

३ साउन, चितवन ।

भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु सर्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । सर्पले डसेर दैनिक पाँच÷सातजना बिरामी अस्पताल आउने गरेका छन् ।

Advertisement
Advertisement

अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म विषालु सर्पले डसेर आएका ३५ जनाको उपचार गरिएको छ ।

सर्पले डसेर दैनिक आउने बिरामीलाई २४ घण्टा निगरानीमा राख्ने गरिन्छ । त्यस पश्चात् विष नदेखिएमा घर पठाउने गरिन्छ । उनले भने, “केले टोक्यो भनेर आउने समेत जोड्दा दैनिक यो सङ्ख्या १० जनाको हाराहारी हुने गर्दछ ।” जिल्लामा भरतपुर अस्पतालमा मात्र सर्पदंशको बिरामीको निःशुल्क उपचार हुन्छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनसहित बारा, मकवानपुर, गोरखा, लमजुङ्, तनहुँ र नवलपरासीका बिरामी यो अस्पतालमा उपचारका लागि आउने गरिन्छ । तीमध्ये पनि ठूलो सङ्ख्यामा नवलपरासीका बिरामी आउने गर्दछन् । अस्पतालले एन्टिस्नेक भेनम निःशुल्क उपलव्ध गराउँदै आएको छ ।

गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनमसहित चितवन मेडिकल कलेज पठाइएको थियो । पौडेलका अनुसार अस्पतालमा वैशाखदेखि असोजसम्म सर्पले डसेका बिरामी आउने गर्दछन् ।

भरतपुर अस्पतालमा रहेर लामो समय सर्पदंशको उपचार र अध्ययन एवं अनुसन्धानमा जुटेका वरिष्ठ फिजिसियन डा विजय पौडेलका अनुसार सो अस्पतालमा एक वर्षमा पाँच सय देखि ६०० जनासम्म सर्पदंशका बिरामी आउने गर्दछन् । तीमध्ये १५० हाराहारी विषालु सर्पले डसेका हुने गरेको उनको भनाइ छ ।

यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकास लिएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विशालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उनले जानकारी दिए ।

विगत वर्षमा सर्पदंशबाट धेरैको मृत्यु हुनेगरेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा मृत्यु दर निकै कम हुँदै गएको जानकारी दिनुभयो । भरतपुर अस्पतालमा सघन उपचार कक्ष स्थापना पूर्व विषालु सर्पले डसेकामध्ये ३५ प्रतिशतसम्मको मृत्यु हुने गरेको उनको भनाइ छ ।

विसं २०६५ मा भरतपुर अस्पतालमा सघन उपचार कक्ष वनेसँगै सर्पदंशका बिरामी बचाउन सकिएको उनको अनुभव छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदाश अधिकारीले पछिल्ला वर्षमा सर्पदंशका बिरामी बचाउन सकिएको बताए ।

मृत्यु दर घट्नुमा अस्पतालमा सघन उपचार कक्षलगायत विशिष्टिकृत सेवा शुरु हुनु, अध्ययन एवं अनुसन्धानले उपचार पद्दतिमा सहजता आउनु, जनचेतनाका कारण बिरामी समयमानै अस्पताल आउनुलगायत रहेको उनको भनाइ छ ।

Advertisement

उनले यो मौसममा घरमा नै आएर करेत सर्पले डस्न सक्ने भएकाले घरमा सुत्नु अघि उच्च सावधानी अपनाउन, खेतबारीमा जाँदा बुट लगाउन, हिँडडुल गर्दा शरीरको पूरै भाग छोपिने गरी कपडा एवं जुत्ता लगाउन, घर वरिपरी भएका झाडी फाँड्न र सर्पले डसिहालेमा तत्काल अस्पताल आउन सुझाव दिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top