×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किए १०० कन्टेनर केराउ

४ श्रावण २०७८

४ साउन, वीरगञ्ज ।

प्रक्रियागत अन्योलका कारण तेस्रो मुलुकबाट आयात गरिएको १०० कन्टेनरभन्दा बढी केराउ वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएको छ । आयातकर्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट कोटा लिएर मगाएको केराउ बन्दरगाहमा रोकिएको हो ।

Advertisement

वाणिज्य विभागले आयातकर्तालाई लेखेको पत्रले भन्सार जाँचपास गर्ने÷नगर्ने अन्योल भएको बन्दरगाह भन्सारले बताएको छ । आयातकर्ताले अमेरिका र क्यानडालगायत देशबाट भित्रयाएको केराउ बन्दरगाह भन्सारले रोकेको छ ।

विभागले गत आर्थिक वर्ष २०७७÷७८ का लागि केराउ, सुपारी, छोकडा र मरीच आयातको कोटा बाँडेको थियो । गत जेठ २४ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्तालाई सूचना गरेको थियो ।

सूचनामा कोटा पाएका आयातकर्ताले असार मसान्तभित्र सिपमेन्ट भइसकेको कागजात पेश गर्नुपर्ने भएको थियो । मसान्तभित्र सिपमेन्टको प्रमाण पेश नगरे कोटा स्वतः बदर हुने सूचनामा उल्लेख छ ।

विभागले सूचनाको बोधार्थ भन्सार विभागलाई समेत दिएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास रोकेको हो । भन्सारका सूचना अधिकारी चूडामणि कट्टेलले सिपमेन्टबारेमा निश्चित नभएकाले जाँचपास गर्न नसकिएको बताए ।

Advertisement

जाँचपासका लागि आइतवार १०० ओटाजति कन्टेनरको कागजात पेश भएको कट्टेलले बताए । ती कन्टेनरको बन्दरगाहमा आइसके पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पत्रले अन्योल भएको उनको भनाइ छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top