×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमालेभित्रको सङ्कट झनै चुलियो, पार्टी एकताको पहल नरोकिने नेता विष्टको भनाइ

४ श्रावण २०७८

४ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ ।

Advertisement
Advertisement

पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरे भने ११ जना अनुपस्थित भए ।

माधव नेपाल समूहका १४ र ओली समूहका ८ जनाले देउवालाई विश्वासको मत दिएका हुन् । पार्टी एकताको पहल गरिरहेका नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु मतदान प्रक्रियामा सहभागी भएनन् । पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदबाट राजीनामा दिएका हुन् ।

एमालेको हिजोको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने सांसदहरु पार्टीमा नरहने निर्णय गरेको थियो । तर स्थायी बैठकको निर्णय र निर्देशन विपरीत संस्थापन पक्षकै सांसदहरुले देउवाको पक्षमा मतदान गरेका छन् । यसले पार्टीभित्र सङ्कट उत्पन्न गरे पनि पार्टी एकताको पहल नरोकिने नेता गोकर्ण विष्टले बताए ।

हिजोको घटनाक्रमले केही असहज र अप्ठ्यारो अवस्था आए पनि पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी अघि बढ्ने बताए । यसअघि एमालेका नेताहरुले १० बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top