आज साउनको पहिलो सोमवार, पशुपति मन्दिर नखुल्ने

४ साउन, काठमाडौं ।

आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् ।

साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर साउनमा पनि नखुलेको हो ।

विज्ञले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । यस्तै, साउन महिना लागेसँगै हरियो, पहेँलो चुरा तथा पोतेको खरिद बिक्री केही बढेको छ ।

अघिल्ला वर्षमा जस्तो कारोबार नभए पनि अहिले काठमाण्डौको इन्द्रचोकका चुरा पोते पसलमा भीड बढेको छ । साउन महिनामा महिलाहरुले हरियो, पहेँलो चुरा पोते लगाउने गरेका छन् । पछिल्लो समय किशोरीहरुले पनि हरियो चुरा लगाउने गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top