×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

४ श्रावण २०७८

४ साउन, बागलुङ ।

बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।

Advertisement

आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन् ।

करिडोर तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिराले त्यहाँ रहेका चार सडकमा क्षति पुर्याएको थियो ।

“दक्षिण जोडिएका सडकमा यस वर्षका लागि निकै समस्या छ, ठूलाठूला पहिराले सडक अवरुद्ध हुने गरेको छ”, कार्कीले भने, “ठूलो वर्षा नभएमा केही दिन सडक सञ्चालनमा रहन्छ ।

” करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुने भएको छ । करिडोरसमेत बन्द हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए ।

अत्यावश्यक खाद्यान्नलगायतका सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो । बिरामी बोक्ने एम्बुलेन्ससमेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । “खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौं, विकल्प पनि त छैन्”, कार्कीले भने ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top