×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बिपी प्रतिष्ठानमा पुग्यो उच्चस्तरीय कार्यदल

५ श्रावण २०७८

५ साउन, काठमाडौँ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या हल गर्ने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन कार्यदल धरान आइपुगेको छ।

Advertisement

प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदल गठन भएको ४ दिनपछि संयोजकसहित सदस्यहरू प्रतिष्ठान आएका हुन्।

प्रतिष्ठान आएलगत्तै कार्यदलले आन्दोलनरत संयुक्त संघर्ष समितिसँग मागबारे छलफल गरेको छ। कार्यदलले प्रतिष्ठानको आर्थिक अनियमितता एवं भ्रष्टाचार भएको भनिएका विषयको छानबिन गर्नेछ। कार्यदलले १५ दिनभित्र प्रतिवेदन कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउने म्यान्डेट छ।

प्रतिष्ठानमा बेथिति एवं आर्थिक अनियमितता बढेको भन्दै शुद्धीकरण गर्न आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङ सम्मिलित संयुक्त संघर्ष समितिले आन्दोलन चर्काएपछि माग सम्बोधन गर्न सरकारले कार्यदल गठन गरेको हो।

प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको छ। कार्यदल गठन भएर धरान आए पनि आन्दोलनको कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ।

समितिका संयोजक डा. एसपी रिमालका अनुसार चार जना पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी पनि जारी रहनेछ। ‘विश्वासको वातावरण बनाउन बिहान ८ बजेदेखि १० बजेसम्मको सेवा बहिष्कार कार्यक्रम फिर्ता लिन्छौं, तर हरेक दिनको प्रदर्शन र तालाबन्दी जारी रहन्छ,’ रिमालले भने।

संघर्ष समितिले असार १५ गतेको मदिरा सेवन गरेर उपकुलपति वार्तामा आएको घटना तत्काल छानबिन हुनुपर्ने र उपकुलपतिको प्राध्यापक उपाधिबारे पनि प्रस्ट पार्नुपर्ने कार्यदलसमक्ष माग राखेको छ।

Advertisement

यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top