६ साउन, एजेन्सी ।
डिफेन्डर डेभिड अलबाले रियल मड्रिडमा ४ नम्बरको जर्सी लगाउने भएका छन् । रियलले बुधबार डिफेन्डर अलबालाई सार्वजनिक गर्दै उनलाई ४ नम्बरको जर्सी दिएको हो ।
यस अघि रियलमा ४ नम्बरको जर्सी सर्जियो रामोसले लगाउँदै आएका थिए । रामोस अहिले फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भईसकेका छन् ।
२८ वर्षीय डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् । अलबा सन् २०२६ सम्म रियलमा रहने छन् ।
अलबाले बायर्नबाट ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् भने १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग जितेका छन् ।