×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

७ श्रावण २०७८

७ साउन, वीरगञ्ज ।

वीरगञ्ज नाकाबाट गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ ।

Advertisement

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो ।

आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा २६ अर्ब १६ करोड रुपैयाँको मालासामान भित्रिएको छ । यो भन्सार हुँदै ३८ करोड रुपैयाँ मूल्यका वस्तु निकासी भएको भन्सार कार्यालयले बताएको छ ।

वीरगञ्ज भन्सारबाट अघिल्लो आव २०७६÷७७ को तुलनामा बितेको वर्ष कुल व्यापार २७ प्रतिशतले बढेको छ । आयातको आकार २४ प्रतिशतले वृद्धि हुँदा निर्यात ६६ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ ।

निर्यात व्यापारमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

‘बितेको वर्ष इन्धन र सवारीका साधनको आयातमा कमी नदेखिए पनि कोरोना महामारीले पारेको असरका कारण अन्य व्यापारिक वस्तुको आयात भने ≈वात्तै घटेको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ।

गतवर्ष कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले वैदेशिक व्यापार प्रभावित भएको भन्सार अधिकारीहरू बताउँछन् । आवको अन्त्यतिर सवारीका साधन चल्न थालेकाले इन्धनको आयात बढेको थियो ।

नयाँ सवारीसाधनको जाँचपास पनि पछिल्ला महीनामा बढेको भन्सारको तथ्यांकले देखाउँछ । जुत्ता, चप्पल, हार्डवेयर, उपकरण, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको जानकारी पौडेलले दिए ।

Advertisement

आयातकर्ताले सुक्खा बन्दरगाह भन्सारबाट गतवर्ष फलाम उद्योगका कच्चा पदार्थ, केराउ, मदिरा, तोरी, मरीच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्र्याएको उक्त भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले बताए । यो अवधिमा चाउचाउ, अचार, पिठो, टायर, छाला, जडीबुटीलगायत वस्तु निर्यात भएको जानकारी पनि कट्टेलले दिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top