नागरिकता विधेयक पास नगरेर सांसदहरुले ठूलो अपराध गरे : सांसद राई

६ साउन ७८, बिहीबार

७ साउन, काठमाडौँ ।
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयक पास नहुन्जेलसम्मका लागि संविधानले प्रदान गरेको मौलिक अधिकार उपभोग गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताएकी छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले करिब ६ लाख नेपाली आमाका सन्तान नागरिकता बिहीन भइरहँदा पनि संसदबाट नागरिकता सम्बन्धी विधेयक पास हुन नसकेको बताइन् ।

नागरिकता सम्बन्धी विधेयक पास हुन नसक्दा लाखौँले संविधानको मौलिक हकले प्रदान गरेको अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै उनले विधेयक पास नहुन्जेलसम्म सो अधिकारको उपभोगका लागि अस्थायी व्यवस्थापन गनुपर्ने बताएकी हुन् । उनले राजनीतिक सहमती हुन नसकेमा संसदमा फ्लोर क्रस गरेर भएपनि नागरिकता सम्बन्धी विधेयक अगाडी बढाइनुपर्ने बताइन् । उनले भनिन् – ‘यदी दलीय सहमती नजुटेर नागरिकताको विधेयक पास गर्न सकेका छैनौँ हामीले भनेदेखि फ्लोर क्रस गर्ने त अब चलन चलिसकेकको छ । त्यस्ताकुरामा फ्लोर क्रस गरौँ, जसले जनताको टड्कारो आवश्यकतालाई पूर्ति गर्छ । सबैलाई भोट हाल्न लगाउँ न त । आमाको नाममा नागरिकता दिने भनेर जब संविधानले भनिसकेपछि त्यही कुरा लेखेर आएको विधेयक किन पास हुँदैन ? कि हामी सबै पितृ सत्तालाई बोकेर हिँड्ने मान्छे छौँ यहाँ ? होइन भने अहिले पास हुनुपथ्र्यो । नागरिकताको विधेयक पास नहुन्जेलसम्म ६ लाख नागरिकले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग गर्न पाउने गरीकन अस्थायी व्यवस्थापन गरौँ । जे लेखेर दिनुपर्छ लेखेर दिऊँ । नेपाली आमाको सन्तान नागरिकता बिहीन भएर मौलिक अधिकारको उपयोग गर्न नपाएर बस्नु नपरोस् भनेर म ध्यानाकर्षण गराउन चाहान्छु ।’

नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक दल र सांसदहरु जवाफदेही बन्न नसकेको उनले बताइन् । ६ लाख बढी नागरिकलाई नागरिकता दिन नसकेर सांसदहरुले अपराध गरिरहेको पौड्यालले बताइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top