महाराजधिराजको आममाफीमा हामी नाच्नु कि हास्नु ? : माधव नेपाल

८ साउन, काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिएका हुन् ।

Advertisement

नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गत वर्षदेखि पार्टीको विधि र पद्धतीलाई नमानिरहेको बताए । नेता नेपालले आफ्नो निवासअघि राती मोटरसाइकलमा आएका १५÷२० जनाले तर्साउन खाजेको समेत बताए । क्रान्तिकारी भाषणले मात्रै जनताको मन नजितिने बताउँदै नेता नेपालले क्रान्तिकारी कामले जनताको मन जितिने बताए ।

नेता नेपालले भने, “हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि जति पनि स्पष्टिकरण सोधिएका छन्, उनीहरुलाई आम माफी दिइन्छ, एम्नेस्टीएज एम्नेस्टी, अनि हामी गद्गद्भयौँ, महाराजाधिराजोवाच, हामी गद्गद् भयौँ, वाह् वाह् वाह्, महाराजधिराज खुशी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुशी हुनु पर्ने भयो, यही हो कम्युनिष्ट पद्धती ? स्पष्टिकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राती मोटरसाइकलमा आएका १५÷२० जनाले तर्साउन खाजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिष्टको, त्यत्तिकै डराउँदैन”

Advertisement

नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र सफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सलाम गरेका छन् ।

नेता नेपालले भने, “केपी ओलीले सांसद विघटन गर्ने मेरो कदम ठिक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ, संविधानको रक्षा गरेका छौँ, स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौँ, मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई पनि सलाम गर्न चाहन्छु ।”

Advertisement

नेता नेपालले पार्टीमा हाल देखिएको अन्तर्विरोध पदका लागि नभएको समेत बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top