व्यापारिक पृष्ठभूमिका उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

१० साउन, काठमाडौँ ।
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आईतबार अपरान्ह पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले पहिलो प्राथमिकता दिने बताए ।

Advertisement

राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहर आउन नदिने विषयमा विज्ञहरुसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढने जानकारी समेत दिए । काठमाडौं उपत्यका बाहिर कोरोना खोपको आवश्यक्त व्यवस्था मिलाउने नवनियुक्त राज्यमन्त्री श्रेष्ठको योजना छ । “गरिव भन्दा गरिव जनताले कसरी स्वास्थ्य सेवा पाउन सक्छन ? मेरो पहिलो प्राथमिकता भनेको कोरोना विरुद्धको खोप हो । त्यसको आवश्यक व्यवस्था मिलाउने छु । त्यसै गरी कोरोनाको तेस्रो लहर लाग्न नदिन विज्ञहरुसँग छलफल गरी अल्प कालीन र दीर्घकालीन योजना बनाएर अघि बढनेछु । काठमाडौं उपत्यका बाहिर पनि खोपको आवश्यक व्यवस्था गर्न लागिपर्नेछु ।”

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सपथग्रहण गरेलगत्तैै मन्त्रालयका पुगेर पदभार ग्रहण समेत गरे । राष्ट्रपति विद्या भण्डारीले यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Advertisement

ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ । दोस्रो संविधानसभामा उनी २६ मनोनित सभाषदमा परेका थिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिक तर्फका सांसद छन् । शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहेका छन् । यो वर्षमात्र उमेशले विभिन्न अस्पतालहरूको चेन बनाउने भन्दै ५० करोड लगानी गर्ने सार्वजनिक घोषणा गरेका थिए । श्रेष्ठले होटल, कृषि र निजी वनमा समेत लगानी गरेका छन् । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताललगायतमा उनको लगानी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top