तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

११ साउन, काठमाडौँ । 

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आइतबार हस्ताक्षर गरियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गरेका छन् ।

झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिए । माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौं अगाडि बढाउन लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ ।

माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ । गत असारको अन्तिम साता उद्घाटन भएको भएपनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो । तामाकोशी पाँचौँको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ । परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयका साथ लगानी गरेको कोषका प्रशासक गौतमको भनाइ छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पुर्याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ । माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज हुने प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ । माथिल्लो तामाकोशीको टेलरेस टनेललाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक बनाइएको छ ।

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत रु १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल देखिन्छ ।

प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवम् सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराउन लागेको प्रशासक गौतमले भने, “हामीले समग्रतामा मूल्याङ्कन गर्दा आयोजना नै सबैभन्दा आकर्षक रहेको छ ।”

आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आवश्यक सबै काम सकेर आगामी १० महिना भित्रमा बोलपत्रको काम थाल्ने र निर्माण शुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा नै सो आयोजना शुरु गर्ने प्रयास गरेका थिए ।

पूर्व ऊर्जामन्त्री वर्षमान पुनले सो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका थिए । आयोजनाले स्थानीय प्रभावित एवम् आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने योजना बनाएको छ । “हामीले एकपछि अर्को आकर्षक परियोजनामा लगानी गरिरहेका छौँ, तीमध्ये तामाकोशी पाँचौँ झनै आकर्षक रहेको छ”, कोषका प्रशासक गौतमले भने, “छिट्टै आयोजनाको काम शुरु हुनेमा हामी आशावादी छौँ ।” केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोशी अन्तर्गत नै राख्नुपर्ने माग पनि आएको थियो । प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ ।–रमेश लम्साल /रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top