कोसी टप्पुमा हरेक हात्तीको पछाडि गस्ती टोली

१० साउन ७८, सोमबार

काठमाडौँ: कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु-याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्षभित्रका वन्यजन्तु सुरक्षित स्थानतिर पस्न थालेपछि हरेक हात्तीको पछाडि कर्मचारीले गस्ती गर्नैपर्ने अवस्था सिर्जना भएको छ ।

Advertisement

यसअघि आरक्षभित्र सातवटा रैथाने हात्ती बस्दै आएका थिए भने थप आठवटा जङ्गली हात्ती भारतबाट प्रवेश गरेपछि आरक्ष क्षेत्र वरपर हात्ती आतङ्क फैलिएको छ । गाउँबस्तीमा पसेर मानवीय क्षति मात्र होइन, बालीनाली नोक्सानी गर्ने, घर भत्काउने, अन्नपात खान थालेपछि बस्तीमा रातदिन आतङ्क फैलिएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भन्नुभयो, “हरेक हात्तीको पछाडि मानिस खटाउनुपर्ने अवस्था आएको छ । जसका लागि चौबिसै घण्टा दुईवटा गाडी, दुईवटा ट्याक्टरमा १२ जना आरक्षका कर्मचारी र १२ जना नेपाली सेनाको टोली खटाउने गरिएको छ । यति गर्दा पनि दैनिकजसो कम्तीमा १० वटा घर भत्काउने गरेकोले कोसी टप्पुका लागि हात्ती आतङ्क जटिल समस्याका रूपमा देखिएको छ ।”

Advertisement

प्रायःजसो राति बस्तीमा हात्ती पस्दा स्थानीयवासीले आगो बाल्ने, होहल्ला गर्ने, ट्याक्टर, गाडी चलाएर भगाउने प्रवृत्तिले हात्ती झन् रिसाएर अन्धाधुन्ध रूपमा गाउँ पस्ने, घर भत्काउने गरेकोले क्षति बढी हुने गरेको उहाँको अनुभव छ ।, यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top