निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

११ साउन, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

Advertisement

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बोलाएर निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् । उनले पन्त हत्यासँग सम्बन्धित अहिलेसम्मको अनुसन्धानबारे जानकारी पनि लिएका छन् ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीनवर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखसँग हत्या घटनाका सम्वन्धमा अहिलेसम्म भएको अनुसन्धान प्रगतिबारे जानकारी लिएको छु ।’

Advertisement

निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएको अवस्थामा दोस्रो दिन उखुबारीमा शव भेटिएको थियो । तर घटना भएको तीन वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top