निर्वाचन आयोगमा रेशम चौधरीको कविता: श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन

११ साउन ७८, सोमबार
Share this
813shares

११ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता सम्बन्धी विवादमा सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग र्पुयाइएका रेशम चौधरी तटस्थ बसेका छन् । उनले निर्वाचन आयोगबाट बाहिरिँदै आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताए ।

Advertisement

उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरेका छन् । उनले पार्टी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्ने बताए ।

आयोगबाट बाहिरिने क्रममा उनले आफ्नो रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् । चौधरीले मत प्रयोग नगरे पनि कवितामार्फत आफ्ना पक्षमा भने न्याय मागे । चौधरीले सुनाएको कवितामा कठघरमा जति सत्य बोले पनि, न्यायका लागि जति गुहार मागे पनि न्याय नपाएको गुनासो गरेका छन् । र, उनले हात जोड्दै भने– न्याय, न्याय र न्याय ।
चौधरीको कविता ः
कठघरामा उभिएर जति सत्य बके पनि
न्याय पाउँ हजुर भन्दै संयौं पटक झुके पनि,

Advertisement

निरीह ठान्दा रै’छन् शीर निर्हुयाएपछि
दोषी ठर्हयाउँदा रहेछन् चुप लागेर बसेपछि

श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन

Advertisement

महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो । ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्य रेशम भने टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका छन् ।

निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गराएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top