राजेन्द्र महतोले भने- निर्वाचन आयोगले पार्टी फुटाउने काम गर्‍यो

११ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको बताएका छन् । जसपा आधिकारिकता विवाद निरुपण गर्न सनाखतका लागि निर्वाचन आयोगले बोलाएपछि आयोग पुगेका महतोले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाएका हुन् ।

आयोगले सोमबार महन्थ र उपेन्द्र दुवै पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई बोलाएको थियो । यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना सदस्यहरुले सनाखत गरेका छन् । महतोले यसबारे प्रतिक्रिया दिँदै भने– ‘हामी पार्टी फुटाउन लागि आयोगमा गएका हैनौं । आयोगले पार्टी फुटाउँदैमा फुट्दैन, जनताबाट पार्टी निर्माण हुने हो । जनता हाम्रो साथमा छन् ।’

उनले प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने पनि बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै प्रतिगमनकारी रहेको बताए । उनले भने,–’हाम्रा लागि उनीहरु दुवै प्रतिगमनकारी नै हुन् । केपी ओलीलाई पनि मद्दत गरेका थियौं, देउवालाई पनि ।’

तत्कालीन समाजवादी पार्टी फुट्ने बेलामा पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेको पनि उनले बताए । आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top