११ साउन, एजेन्सी।
मालीका राष्ट्रपति अस्सीमि गोइटाको हत्याका प्रयास गरेको एक जना अभियुक्तको कैदमा मृत्यु भएको छ । अभियुक्तको पहिचान खुलाइएको छैन् ।
गत् मंगलबार बमाकोस्थित एक मस्जिदमा राष्ट्रपति गोइटालाई चक्कू प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । छानबीनको क्रममा अभियुक्तको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गराएकोमा दुर्भाग्यवश मृत्यु भएको उल्लेख त्यहाँको सरकारले जनाएको छ ।
इद अल अजहा पर्वमा प्रार्थनाका लागि मस्जिद पगेका राष्ट्रपति गोइटामाथि चक्कू प्रहारको प्रयास गरिएको थियो ।
