कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

१२ साउन, काठमाडौं ।
नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो ।

कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ । जसमध्ये नयाँ ४ लाख ४३ हजार ६७८ जनाले क्रियाशील सदस्यत पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् ।

१४ औं महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ ।

सप्तरी र बाराको जिल्लामा नयाँ सदस्य र नवीकरणमा विवाद रहेको जनाउँदै समितिले त्यसमा समाधान निकाल्ने जिम्मेवारी शीर्ष तहलाई सुम्पने भएको छ। सिन्धुपाल्चोक र रसुवामा समायोजनका क्रममा अस्पष्ट भएको निष्कर्ष निकालिएको छ ।

केही वडा तथा क्षेत्रको विवादमा पनि माथिल्लो तहबाट निर्णय निकाल्ने गरी प्रतिवेदन तयार भएको छ। धनुषा–४ को विवादमा समितिले समाधान निकाल्न सकेको छैन। धनुषा– ४ मा भएको विवादलाई लिएर जिल्ला तहका नेताहरु एक साता अघिदेखि केन्द्रीय कार्यालयमा धर्नामा छन्। त्यस्तै, सर्लाही क्षेत्र नम्बर– २ को विवाद समाधानको जिम्मेवारी पनि शीर्ष तहलाई सुम्पने निर्णय समितिमा भएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top