मुर्तिकलामा रमाउँदै बाँकेका युवा : एउटा मुर्तिमा ९ हजार खर्च, ५ हजार फाइदा

११ साउन ७८, मंगलबार

१२ साउन, बाँके ।
बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । १२ बर्षको उमेरमा भारतमा गएर माटाका मूर्ति बनाउन सिकेका उनले आफ्नै गाउँमा फर्केर माटाका मूर्ति बनाई बेच्न सुरु गरेका हुन् ।

नेपालगञ्ज ७ घाँसियार टोलका १८ बर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा बसेर माटाका मुर्ति बनाउने कला सिकेर घर फर्किएका उनले गाउँमा माग गरे अनुसारको मूर्ति बनाउन सुरुवात गरेका हुन् । उनी यस वर्षमा नै करिब १० देखि १२ ओटा माटाका मुर्ति बनाउने सोच राखेको बताउँछन् ।

Advertisement

माटाका मुर्ति निर्माण गर्न करिब १ मुर्तिमा ९ हजार सम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मुर्तिको आकार बनाउने गरिन्छ । एक मुर्ति पुर्ण रुपले निर्माण गरेपछि ३ देखि ५ हजार सम्म नाफा हुने गरेको उनी बताउँछन् । काममा सघाउन र सिप सिक्नका लागि साना साना बालबालिका पनि उनीसँगै जुटेको केवट बताउँछन् । उनी एक सिजनमा माग अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउँछन् । नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाउने गरेको उनको भनाई छ ।

सिप सानो वा ठुलो हुँदैन । र सिप सिक्न तथा सिकेको सिपलाई प्रयोग गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण उनी बन्न चाहेका छन् । आफुले सिकेको सिपबाट अर्थोपार्जन गर्दै आफ्नै सिपको दायरालाई पनि बढाउन आफु क्रियाशिल हुने उनी बताउँछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top