टोकियो ओलम्पिक : हिट जित्दै एलेक्सले राखे राष्ट्रिय कीर्तिमान

१२ साउन, काठमाडौँ ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपालका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

Advertisement

आज भएकोृ हिट चरणमा एलेक्सले निर्धारित दुरी ५३।४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५।३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८–८ खेलाडी रहेका छन् ।

Advertisement

एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । अन्य हिटमा प्रतिस्पर्धा गर्ने खेलाडीले एलेक्सभन्दा राम्रो समय निकालेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top