अहिले कसैले पनि इगो र तागत देखाउने बेला होइनः तारादेवी भट्ट

११ साउन ७८, मंगलबार

१२ साउन, काठमाडौँ ।
राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले अहिलेको समयमा जुनसुकै राजनीतिक दलले इगो, तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्ने कुरा नागरिकको हितमा नभएको बताएकी छिन् ।

Advertisement

मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भट्टले यस्ता विविध कार्यमा हिँड्नु नागरिकहरुको हितमा नभएको थाहा हुँदाहुँदै शब्दहरुको दुरुपयोग गरी हिँड्नु समय र परिस्थितीे नसुहाउँदो भएको बताएकी हुन् । उनले विधिको शासन भ्रष्टाचार मुक्त समाज लोकतन्त्र एवं प्रजातन्त्रको रक्षाका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने बताइन् । संविधान एकजुट भएर पारित गरेको, मिलेरै गणतन्त्र स्थापित भएको तर कोरोना विरुद्ध किन एकजुट हुन नसकेको, आ–आफ्नो बाटो कि हिँडिरहेको ? भन्दै प्रश्न गरिन् । उनले अहिले जनसरोकारको हित बिपरित् हिँड्नु भनेको कोभिड–१९ लाई बढाउनु भएको बताइन् । उनले सबैले दम्भ र घमण्ड त्यागेर मात्रै सफल बन्न सकिने धारणा राखिन् ।उनले बाढी, पहिरो, भूःस्खलन, अधिक वर्षा जस्ता प्रकृतिक प्रकोपहरुबाट धेरै जनधनको क्षति भएको बताउँदै यसतर्फ सरकार र गृहमन्त्रालयले गम्भीर ध्यान दिनुपर्ने बताइन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको तेश्रो लहरको चेतावनी दिइरहेकोले झनै सतर्क रहनुपर्ने बताइन् । उनले भनिन्, “जुनसुकै राजनीतिक दलले इगो तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्नु नागरिकको हितमा छैन, यी विविध कुराहरुमा शब्दहरुको दुरुपयोग गरी हिँड्न् समय र परिस्थिती नसुहाउँदो हो, यसरी हिँड्नु कोभिड १९ लाई बढाउनु हो, त्यसैले भ्रष्टाचार मुक्त समाज, लोकतन्त्र एवं प्रजातन्को रक्षाका लागि सबैजना एक ठाउँमा हुनुपर्छ ।”

Advertisement

उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसक्दा पनि किन पत्ता लाग्न सकेन भन्दै प्रश्न गरिन् । साथै उनले कसको निर्देशनमा प्रमाणहरु नष्ट गरेको र २४ घण्टामै निर्मलाको शवलाई महाकाली लगेर दाहसंस्कार गर्ने काममा प्रहरीले किन हतार गरेको भन्दै प्रश्न गरिन् । उनले अबको सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरिन् । उनले भनिन्, “निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसकेको छ, अहिलेसम्म किन हत्यारा पत्ता लाग्न सकेन, कसको निर्देशनमा प्रमाणहरु नष्ट गरियो र २४ घण्टा नबित्दै किन निर्मलाको शवलाई महाकालीमा लगेर पुलिसले दाहसंस्कार गर्यो ? यसको सत्य तथ्य कुरा अबको सरकारले बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्छ ।” उनले यो बजेट अध्यादेशबाट आएको र राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर बजेट ल्याएको र सदन पनि स्थगीत गरेर आएकोले बजेटलाई संसदीय छलफलमा ल्याउन माग गरिन् ।

उनले भनिन्, “यो बजेट अध्यादेशबाट आएको हो, राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर र सदन स्थगीत गरेर बजेट ल्याएको छ, अब यसलाई संसदीय छलफलबाट ल्याउन सरकारसँग माग गर्दछु ।”

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top