Nepal Times
Nepal Times
3
Shares

शिल्पाका पति राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको अनुमति

शिल्पाका पति राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको अनुमति

१२ साउन, काठमाडौं ।
बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो ।

राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा र्पुयाउने गरेको आरोपमा पक्राउ गरेको थियो ।

प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.