महन्थ ठाकुर पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने

१२ साउन, काठमाडौँ ।
जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनि परामर्श गरिरहेको पनि बताए । उनले भने – ‘हाम्रो कानूनले के भन्छ उसैको फैसला अन्तिम हुन्छ । अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन । सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचिराख्या छौँ । सँगै बस्ने अवस्था पनि छैन । सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि । ३४ र १६ त भन्दियो नि । अलग–अलग हौ भन्दियो नि । यो फैसलाको आलोचना, छलफल गर्छौं । यसमाथि हामी सर्वोच्च जान्छौँ ।’

उनले पार्टी एक रहोस् भन्ने प्रयास कतैबाट पनि नभएको बताए । निर्वाचन आयोगले सँगै बस्ने वातावरण नदिएको उहाँले आरोप लगाए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top