गणतन्त्र, धर्म निरपेक्षता तथा समावेसिताबारे अन्यथा सोच्ने बेला भएको छैन : सुवास नेम्वाङ

१२ साउन ७८, बुधबार

१२ साउन, काठमाडौँ ।
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता तथा समावेसिता लगायतका राजनीतिक उपलब्धीहरुको विषयमा अन्यथा सोच्ने बेला नभएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ नेता नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता र समावेसिता लगायतका राजनीतिक परिवर्तनहरु संविधान सभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धी भएकोले यसबारे अन्यथा सोच्न नहुने बताए । यद्यपी लोकतान्त्रिक मुलुक भएकाले छलफल जुनसुकै विषयमा हुनसक्ने उनको तर्क थियो ।

उनले भने – ‘संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेसिता भनेको संविधानसभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धी भित्र पर्छ । यो मेरो व्यक्तिगत राय हो । अरु कसैलाई अरु राय लागेको हुनसक्छ । त्यसैले त यो लोकतन्त्र हो । अझै संविधानसभाले बनाएको संविधान अन्तर्गत स्थापित मूल्य र मान्यताहरु देशमा छन् । त्यसैले यो लोकतन्त्रमा त छलफल जुनसुकै विषयमा हुनसक्छ । तर मलाई लागेको के हो त भन्दा यी त हामीले ल्याएका राम्रा उपलब्धीहरु हुन् । ती उपलब्धीहरुको बारेमा अहिले अन्यथा सोच्ने बेला भइसकेको छैन कि भन्ने मलाई लाग्छ ।’

नेता नेम्वाङले नेकपा एमालेलाई एकताबद्ध बनाउन आफुहरु लागिरहेको पनि बताए । उनले पार्टी भित्र एमाले एकताको विपक्षमा कोही नभएको दाबी गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top