×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

काठमाडौँका २३ ठूला करदाताका कम्पनी सिलबन्दी हुनसक्ने

१३ श्रावण २०७८

१३ साउन, काठमाडौँ ।
काठमाण्डौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गत भित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो ।

उनीहरुबाट करिव ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ । तोकिएको समय भित्र पनि अटेर गरेर कर नतिरे ती करदाताहरुको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारवाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताए । उनले भने, “कर दाखिला तीन दिन भित्र पनि नगरे राजस्व ऐन, स्थानीय सरकार संचालन ऐन र प्रचलित कानुन, नीति, नियम अनुसार उनीहरुको व्यवसाय तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्ने लगायत कडा कारवाही गरिनेछ ।”

Advertisement

काठमाडौं महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लव, युनाईटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाईटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् । त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ वटा ठूला कर दाताले अटेर गरेपछि ३ दिन भित्र कर असुल गर्न माईकिङ समेत गरेर ताकेता गर्नु परेको महानगरले जनाएको छ । विभागीय प्रमुख अधिकारीले कतिपय करदाताहरुलाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताए ।

राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ । तर ठूला करदाताहरुले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैले गर्नु परेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पारे । तत्काल सबैै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिन भित्र ३ वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरुलाई सूचित समेत गरेको छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top