आज पनि धादिङमा परकम्प

आज पनि धादिङमा परकम्प

काठमाडौँ, असार २१

धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।

बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.