ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते

१७ साउन ७८, आइतबार

१७ साउन, सोलुखुम्बु ।

Advertisement

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको खाम्जेमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५।२ मेगावाटको दोभान हाइड्रोपावरको बा।२ क। ४७०८ नम्बरको ट्रिपर काठमाडौँबाट सामान लिएर हाइड्रोपावर जाँदै गर्दा दुर्घटनामा परेको हो ।

Advertisement

दुर्घटनामा परी रामेछाप घर भएका जगत विक र काभ्रे घर भएका अनिल तामाङ घाइते भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुर्वा लामाले जानकारी दिए । घाइतेहरूको जुनबेशी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

ट्रिपर सडकबाट एक सय मिटर तल खस्दा १३ ड्रम डिजेल नष्ट भएको छ भने ट्रिपरमा पूर्ण क्षति पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top