एमाले स्थायी कमिटी बैठक शुरु, तीन एजेण्डामा छलफल हुने

१७ साउन, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बैठक ३ः३० बजे शुरु भएको हो ।

आजको बैठकमा पनि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरु अनुपस्थित रहेको पनि उनले बताए । बैठकका लागि एमालेले मुख्य तीन वटा कार्यसूची तय गरेको छ । केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण तथा वितरण रहेको छ । पार्टी कार्यालय सचिव तामाङका अनुसार साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय यसअघिको बैठकले तय गरिसकेकाले त्यसको तयारीका लागि विभिन्न उपसमिति गठन हुनेछन् ।

त्यस्तै, बैठकमा विघटित कार्यदलका सदस्यहरुले आज पनि बैठकको प्रगतिबारेमा जानकारी गराउने कार्यक्रम छ । आज बिहानदेखि कार्यदलका सदस्यहरु अनौपचारिक संवादमा रहेका थियो । नेता नेपाल पक्षका कार्यदलका सदस्यहरु आजको बैठकमा सहभागी नभए पनि अर्को बैठकदेखि सहभागी हुने विश्वास एमालेले लिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भइरहेको बैठकले अब नेता नेपाललाई सहमतिका लागि थप समय निर्धारण गर्ने कि पार्टी गतिविधि अगाडि बढाउने विषयमा पनि आज निर्णय हुने तामाङले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top