सत्तारुढ गठबन्धन कार्यदलले आज साझा कार्यक्रम टुङ्गो लगाउने

१९ साउन, काठमाडौँ।

सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्ष नेतालाई बुझाउने तयारी भएको बताइएको छ ।

कार्यदलको अर्को बैठक आजै अपराह्न ४.३० बजे बस्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए । उनका अनुसार आज बिहान ८ बजे सुरु भएको बैठक झन्डै १२.३० बजेसम्म चलेको थियो । बैठकमा नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित काँग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी थिए।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रम तयार गर्नेछ । कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top