निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

१९ साउन, काठमाडौं ।
निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

Advertisement

४१ वटा दलको दर्ता खारेजी भएको र अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ ।

Advertisement

प्रवक्ता श्रेष्ठका अनुसार जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न पाउने छैनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top