कांग्रेसको सदस्यता विवादः पूरानैलाई मान्यता दिन पौडेल समूहको प्रस्ताव

१९ साउन, काठमाडौँ ।

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ । मंगलवार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले विवादित ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

क्रियाशिल सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि समेत व्यक्त गरेको छ । व्यक्ति हेरेर नभई विधि, पद्धती र प्रक्रियामा क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए । उनले भने – ‘जे संविधानले गरेको आधारभुत, संरचनागत सिद्धान्त हो । तदनुरुप क्रियाशिल सदस्यता टुंगो लगाउनुपर्छ । जहाँ जहाँ विवाद भएका छन्, तिनीहरुलाई १३ औँ महाधिवेशनकै क्रियाशिलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो । विधिवत् ढंगले निश्चित मापदण्डको आधारमा, वैधानिकताको आधारमा गरौँ । त्यसमा को पर्छ, पर्दैन, कुन ग्रुपको हो भन्ने नहेरौँ । एउटा विधि, पद्धती र प्रक्रियामा हामी संलग्न भयौँ भने त्यसले एउटा बाटो निर्माण गर्छ । पार्टीलाई विधिसम्मत् बनाऔँ । पार्टीलाई नीतिमुखि बनाऔँ नेतामुखि होइन् । पार्टीलाई विचारमुखि बनाऔँ व्यक्तिमुखि होईन ।’

उनले क्रियाशिल सदस्य वडा बाट नभई आकाश र पत्तालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top