मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग

१९ साउन ७८, मंगलबार

१९ साउन, काठमाडौँ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । मंगलबार अपरान्ह लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

Advertisement

संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेश प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सचिवालयका सचिव दूर्लभकुमार पुनले जानकारी दिए । उनले ३४ जना सांसदहरुले हस्ताक्षर गरेको अविश्वास प्रस्तावमा माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको पनि जानकारी दिए ।

विपक्ष गठबन्धनले मंगलबार नै प्रदेश प्रमुख अमिक शेरचनसँग प्रदेश सभाको विशेष अधिवेशन माग गरेको थियो । लुम्बिनी प्रदेशमा हाल ८० जना सदस्य रहेका छन । सत्ता पक्ष एमालेको ३९ जना सदस्य छन भने माओवादी केन्द्रको १७, काँग्रेसको १९, जनता समाजवादी पार्टीको ३ र राष्ट्रिय जनमोर्चाको १ गरी ४० सदस्य छन । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्दछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top