शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

१९ साउन, काठमाडौं ।

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर १० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तैगरी आयोगको सदस्यहरूमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र काठमाडौं महानगरपालिका ९ कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त गरिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.