मनाङपछि मुस्ताङ बन्यो कोरोनाको पूर्ण खोप लगाउने जिल्ला

२० साउन, काठमाडौं ।

Advertisement

मनाङ पछि १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने दोस्रो जिल्ला मुस्ताङ बनेको छ ।

१८ वर्षभन्दा माथिका ९ हजार ३०० जनालाई खोप लगाएसँगै साे उमेर समुहका सबै जिल्लाबासीलाई खाेप पुरा भएकाे स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

Advertisement

मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २ सय १३ नागरिकलाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको सङ्ख्या ९ हजार ५१३ रहेको छ ।

मुस्ताङमा ६ हजार ७ सय २१ जनाले जोनसन एण्ड जोनसनको खोप लगाएका हुन् भने, ३२० जनाले भेरोसेल खोपको पूर्ण डोज लगाएका हुन् । त्यसैगरी २ हजार ४ सय ७२ जनाले कोभिशिल्ड खोपको पूर्ण डोज लगाएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top