वैकल्पिक बाटो दिँदा जान्छु,असक्षम भनेर निकाल्न पाइँदैन : हितेन्द्रदेव शाक्य

२० साउन, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई राजीनामा दिन कतैबाट अनुरोध वा निर्देशन नआएका दावी गरेका छन् ।

Advertisement

बुधबार पत्रकार सम्मेलन गर्दै उनले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको थियो ।

Advertisement

उनले पत्रकार सम्मेलनमा वैकल्पिक बाटा दिइए प्राधिकरण छाड्न तयार भएको तर असक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताए । उनले भने, ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु । असक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

उनले आफूले कार्यकाल सम्हालेयता प्राधिकरण सुधारको काम धेरै गरेको पनि दावी गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top