नयाँ सरकार आएदेखि अपराधिकरणको सुरुवात भयो: खिमलाल भट्टराई

२० साउन, काठमाडौँ ।
राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधिकरण र कुशासनको सुरुवात भएको आरोप लगाएका हुन् ।

उनले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताएका हुन् । सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राखेको कोभिड १९ विरुद्धको खोपसमेत व्यवस्थित रुपमा जनता समक्ष पु¥याउन नसकेको बताए । उनले भने – ‘परमादेश सरकार बनेको अर्को दिनदेखि यो मुलुकमा राजनीतिक अपराधिकरणको सुरुवात भएको छ । हाक्काहाक्की कुशासनको आरम्भ भएको छ । लोकतन्त्र भनेको विधि र पद्धतीमा चल्ने शासन व्यवस्था हो । तर आज लोकतन्त्रको नाममा विधि र पद्धतीको धज्जी उडाइएको छ । एमाले सरकारले नेपाली जनतालाई पुग्नेगरी खोपको प्रवन्ध गरेको थियो । चिन्ताको विषय, अरुले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रुपमा जनताकोमा पु¥याउन सकेन । खोप हराए । खोपमा सोर्सफोर्सको कुरा आइरहेको छ । सोर्सफोर्सले खोप लगाउन पाउन, सर्वसाधारण वञ्चित हुने अवस्था सिर्जना भएको छ ।’

सांसद भट्टराईले अदालत दलीय व्यवस्था र संसदीय परिपाटीको वर्खिलाप गएको भन्दै त्यसका विरुद्ध एमालेले वैचारिक संघर्ष जारी राख्ने पनि बताए । उनले अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताहरुले हार्ने पनि उल्लेख गरे। बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण भएको भन्दै उहाँले त्यसलाई स्वीकार्न नसक्ने बताए । उनले भने – ‘अदालत दलीय व्यवस्थाको बर्खिलाप गएको छ । अदालत संसदीय परिपाटीको विरुद्ध गएको छ । लोकतान्त्रिक मान्यताहरु खण्डित भएका छन् । संविधानको धज्जी उडाइएको छ । संविधानको ठाडो उल्लंघन र लोकतन्त्रको मर्म माथिको प्रहार सहन सकिन्न । कतिपयलाई मैले जितेको छु भन्ने लागेको हुन सक्दछ । तर लोकतन्त्रले हार्दा अहिलेको राजनीतिक मञ्चमा कुनैपनि खेलाडीको जित हुनेवाला छैन । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण खतरनाक कुरा हो । यसको समर्थन गर्न सकिन्न । अदालतले गरेको यस गलत फैसलाको विरुद्ध नेकपा एमालेले आफ्नो वैचारिक संघर्ष जारी राख्दछ । र जारी राख्नुपर्दछ ।’

सरकारले भारतसँग कुरा गर्न खुट्टा कमायो
उनले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले खुट्टा कमाएको पनि बताए । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सम्वाद गर्नुपर्ने अथवा राजदूतलाई बोलाएर यस सम्बन्धमा सम्वाद गर्नुपर्ने उनले बताए । यस प्रकरणमा सरकारले केही गर्न नसकेको उनको भनाई छ ।

उनले भने– ‘यो मानवताविरोधी जघन्य अपराध हो । नेपालीहरुका लागि यो असाध्यै दुखद र पीडादायी घटना पनि हो । परमादेश सरकारले खुट्टा किन कमाएको हो ? भारतीय एसएसबिका जवानले तुइनको तार काटेर जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन् । देखि जान्ने साक्षीहरुले यो कुरा भनिरहेका छन् । बुझ्न बाँकी के छ ? यो मानवतासँग जोडिएको र राष्ट्रियतासँग पनि सम्बन्ध राख्ने घटना हो । भारतीय पक्षको हेपाहा र मिचाहा प्रवृत्ति पनि हो । यस्तो घटनामा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले भारतिय समकक्षीसँग सम्वाद गर्नुपर्ने होइन र ? राजदूतलाई बोलाएर सम्वाद गर्नुपर्ने होइन र ? तार काटेर घटना घटाउने एसएसबीका जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन र ? बेपत्ता जयसिंहको परिवारलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने होइन ? तर परमादेश सरकार सुनसान छ । केही गर्न सकिराखेको छैन ।’

वर्तमान सरकारले भुमी सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गरीब र निमुखाको विरुद्धमा लागेको उनले बताए । सरकारले संसदलाई बिजनेश दिन नसकेको पनि उनले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top