जंगली बँदेलका लागि छोडेको करेन्ट लागेर दाजुभाईको मृत्यु

२१ साउन, बैतडी ।

Advertisement

बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई दाजुभाईको मृत्यु भएको छ ।

बुधबार राती साढे १० बजे तिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका-५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको हाे ।

Advertisement

जंगली बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मैकैबारीमा छोडिएको तारबाट उनिहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

घटनास्थलमा रातीनै प्रहरी टोलि पुगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top