आमा बनिन् गरिमा पन्त

२० साउन ७८, बिहीबार

२१ साउन, काठमाडौँ ।
नायिका गरिमा पन्त आमा बनेकी छिन् । गरिमाले मंगलबार सामाजिक संजालमा एक तस्वीर सार्वजनिक गर्दै आफू आमा बनेको उल्लेख गरेकी छिन् ।

Advertisement

गरिमाले छोरीलाई जन्म दिएकी हुन् । ५ बर्ष अगाडि बेल्जियममा बस्दै आएका हरि थपलियासँग गरिमाले बिहे गरेकी थिइन् ।

गरिमाले छोरीको नाम ‘प्रिषा’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । गरिमाले लेखेकी छिन्–‘तिम्रो आगमनले हामी धन्न अनी भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।’

Advertisement

बेल्जियममा गरिमा र हरिले रेष्टुरेन्ट समेत संचालन गर्दै आएका छन् । चलचित्र ‘तीन घुम्ती’मा काम गरेपछि चलचित्र क्षेत्रबाट गरिमा टाढा भएकी थिइन् । उनले, ८ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘झोला’बाट ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत पाएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top