साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने सरकारकाे तयारी, ११ लाख डोज खोप लगाइने

२१ साउन, काठमाडौं ।
सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने तयारी गरेकाे छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।

Advertisement

उनले यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने बताए ।
राज्यमन्त्री श्रेष्ठले दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि जानकारी दिए ।

बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको उनले बताए । आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने उनको दाबी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top