अटिजमका रोगी बढ्दै , बालबालिकामा देखिने अटिजम के हो ?

२१ असार ७५, शुक्रबार

काठमाडौँ, असार २२

विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन । वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान नदिएको सम्बन्धित सरोकारवालाले बताएका छन् ।

अटिजम हुनुको कारण वंशाणुगतलाई आधार माने पनि अझसम्म यसको मुख्य कारण पत्ता लाग्न नसकेको अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनीता मलेकु अमात्यले बताए । यस रोगको लक्षणमा बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहो¥याउने र फरक ढंगबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने गर्छन् ।

Advertisement

नेपालमा कति बालबालिका यस रोगबाट पीडित छन् भन्नेतर्फ कुनै अध्ययन नभएको तर केन्द्रले सञ्चालन गरेका विभिन्न तालीम र थेरापीमा आएका बालबालिकाको संख्याका आधारमा करीब तीन लाख रहेको केन्द्रको अनुमान छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका एक प्रतिशत जनसंख्यामा अटिजमको समस्या रहेको औँल्याएको छ । दक्षिण कोरियामा हालै गरिएको एक अध्ययनमा त्यहाँका २.६ प्रतिशत व्यक्तिमा अटिजम रहेको पाइएको छ । ‘अटिजम भएका बिरामीका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु नै हो’ डा अमात्यले भने ।

अटिजमका लागि औषधि उपचार नभए पनि उनीहरुमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी र औषधोपचार छ प्रयोग गर्ने भने सकिने उनको भनाइ छ । अटिजमका बारेमा अहिलेसम्म कुनै अध्ययन, उपचार केन्द्रको व्यवस्था नभए पनि पहिलोपटक अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई १० प्रकारमा वर्गीकरण गरेकामा नवौँ स्थानमा अटिजमलाई समावेश गरेको छ ।

रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top