माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

२२ साउन, काठमाडौँ ।

Advertisement

नेकपा माओवादी केन्द्रले  सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार अपराह्न ४ बजे बैठक बस्न लागेको हाे ।

बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुन सक्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

Advertisement

न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ गठबन्धनको कार्यदलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेतालाई प्रतिवेदन बुझाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top