स्वास्थ्य राज्यमन्त्री हटाउनुपर्ने लगायतका माग राख्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह घोषणा

२२ साउन, काठमाडौं ।
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । उनले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै ती माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्य मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् । ‘हप्तौंसम्म स्वास्थ्य मन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डो¥याउने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्य मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन,’ डा। केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले बीपी प्रतिष्ठानका हकमा सरकारले गठन गरेको वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदनले औंल्याएअनुसार एक साताभित्र प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई पदमुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्नुपर्ने, इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाउनुपर्ने उनले माग राखेका छन् ।

‘अब उप्रान्त व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रस्ट कानुनी व्यवस्था गरियोस्’ उनको मागमा उल्लेख छ।

यस्ताे छ प्रेस विज्ञप्ति

स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि हामी गत एक दशकदेखि निरन्तर संघर्षमा छौं । यसबीच बारम्बार सरकारले हामीहरुसित सम्झौता गरे पनि तिनको इमान्दार कार्यान्वयन हुन सकेको छैन । त्यसो हुँदा अहिले पनि राज्यको नीति निर्माण तहमा सीमित व्यवसायी र माफियाहरुको स्वार्थका लागि काम गर्ने र सार्वजनिक संस्थाहरुलाई धराशायी बनाउने व्यक्तिहरु हावी छन् । त्यसका कारण कोभिड महामारीका बेला धेरै नेपालीहरुले आवश्ष्यक स्वास्थ्य सेवा नपाएर अनाहकमा ज्यान गुमाउनु पर्यो भने धेरैले उपचारका लागि घरखेत बेच्नुपर्यो ।

पछिल्लो समय सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरु कसरी धराशायी बनाइएको छ भन्ने उदाहरण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान बन्न पुगेको छ । निजी मेडिकल कलेजका सञ्चालकलाई प्रतिष्ठानको उपकुलपछि बनाएर पठाउँदा उनले कसरी निजी संस्थाहरुलाई पोस्न प्रष्तिष्ठान डुबाएका छन् भन्ने अब छरपस्ट भइसकेको छ ।

यो अवस्थामा सरकारका अगाडि प्रस्ट कार्यसुची छः सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ र बिस्तार गर्नका लागि तत्कालदेखि दीर्घकालसम्म हरसम्भव प्रयास गर्ने । तर हप्तौंसम्म स्वास्थ्य मन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डो¥याउने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्य मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन ।

बीपी प्रतिष्ठानका हकमा सरकारले गठन गरेको वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदनले प्रतिष्ठानका समस्याहरु मात्रै खोतलेको नभई समाधानका लागि पनि सुझाव दिएकोमा हामी त्यसको स्वागत गर्दै प्रतिवेदन तयार गर्नमा संलग्न व्यक्तिहरुप्रति आभार प्रकट गर्दर्छौं । सो प्रतिवेदनमा यस अगाडिका छानविन प्रतिवेदनहरुको समेट सारांश समेटेर सुधारको बाटो देखाइएकाले त्यसको कार्यान्वयन बीपी प्रतिष्ठान र यस्तै संस्थाहरुको सुधारका लागि कोशेढुंगा सावित हुने हाम्रो विश्वास छ । सोही प्रतिवेदनले औंल्याएअनुसार एक साताभित्र प्रतिष्ठानका चारै पदाधिकारीहरुलाई पदमुक्त गर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

बीपी प्रतिष्ठानको समस्या समाधान गर्न पूर्ववर्ती सरकारले भन्दा बढी तदारुकता देखाए पनि स्वास्थ्य र मेडिकल शिक्षाजस्ता विषयलाई सरकारले पर्याप्त प्राथमिकता नदिएको तथा संवेदनशील नभएको भन्ने कुरा स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले देखाउँछ । व्यवसायीहरुले सांसद र मन्त्री पद किन्दै जाने, पदमा पुगेर आफू अनुकुलका नियम र कानुन बनाएर राज्य संयन्त्रलाई आफ्नो स्वार्थपुर्तिको माध्यम बनाउँदै जाने हो भने त्यसले यो सरकारलाई मात्र नभई देशलाई नै असफलतातिर डो¥याउँछ । त्यसैले यो व्यक्ति विशेषले कुनै पद पाउने वा नपाउने भन्दा पनि हाम्रो राजनीतिमा स्वार्थको द्वन्द्व र नीतिगत भ्रष्टाचारलाई हामीले रोक्ने कि नरोक्ने भन्ने विषयसँग सम्बन्धित छ । प्रधानमन्त्री वा उनका परिवारका सदस्यसित घनिष्ठ सम्बन्ध हुँदैमा वा उनीहरुको व्यवसायिक साझेदार बन्दैमा देशको नेतृत्व गर्ने तहमा पुग्ने थिति बसाल्ने हो भने त्यसले देशको सिंगो राजनीतिक प्रक्रिया र विधिलाई धमिल्याउने निश्चित छ ।

त्यसमाथि अहिले सत्तारुढ दलनिकट तथा आपराधिक पृष्ठभुमि रहेका एकाध मेडिकल माफियाले जसरी देशभरका निजी मेडिकल कलेजहरु किनिरहेका छन्, तिनले वैध व्यवसायबाट त्यति सम्पत्ति आर्जन गरेको देखिंदैन । राजनीतिकर्मीहरुले भ्रष्टाचार गरेर थुपारेको कालो धन स्वास्थ्य र मेडिकल शिक्षामा प्रवाह भइरहेको त्यसबाट सहजै बुझ्न सकिन्छ । विद्यार्थीहरुसित अवैध रुपमा बढी शुल्क उठाएरै वर्षेनी अरबौं कमाइरहेका त्यस्ता माफियाहरुको लक्ष्य अन्ततः संसद र मन्त्रीमण्डलसम्म पुगेर देशको कानुन र नीति निर्माणसमेत कब्जा गर्ने रहेकोमा कुनै दुविधा छैन । उनीहरुमध्ये केही त पछिल्ला चुनावमा मुख्य दलहरुका तर्फबाट चुनाव लडेर हारेका पनि थिए । उनीहरुको प्रयास अबको चुनाव जितेर वा करोडौंमा समानुपातिकतर्फका सिट किनेर संसदमा पुग्ने, त्यहाँबाट शीर्ष नेतृत्वलाई फेरि दशौं करोड बुझाएर मन्त्री बन्ने अनि २०८५ पछि देशको मेडिकल शिक्षा गैर नाफामुलक हुनुपर्नेजस्ता कानुनी प्रावधानहरु उल्ट्याउने रहेको छ ।

त्यसैले स्वास्थ्य राज्य मन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभई अरु दशौं वर्षसम्म राजनीतिमा कालो धनको भुमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रुपमा भएको छ । यस्तो प्रवृत्ति स्वास्थ्य र मेडिकल शिक्षाका लागि त घातक छ नै, देशको लोकतन्त्र र विधिको शासनका लागि झनै घातक छ ।

त्यसैले बीपी प्रतिष्ठानमा अरबौं भ्रष्टाचारका लागि दोषी पदाधिकारीहरुले उन्मुक्ति नपाउन्, त्यहाँ उस्तै भ्रष्टहरुको नियु्क्ति नदोहोरियोस् तथा नेपालको राजनीतिमा नीतिगत भ्रष्टाचारले जरा नगाडोस् भनेर सरकारसमक्ष निम्न मागहरु राखेका छौं । यी पूरा नभएमा यही भाद्र ३ गतेदेखि सत्याग्रह शुरु गर्ने पनि जानकारी गराउँछौं ।

हाम्रा मागहरुः
१. स्वार्थको द्वन्द्व हुने गरी नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् । अब उपरान्त व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रस्ट कानुनी व्यवस्था गरियोस् । अवैध रुपमा बढी शुल्क लिएको पुष्टि भइसकेका मेडिकल माफियाहरुलाई चुनावको टिकट पाउन र समानुपातिक सांसद हुनबाट वञ्चित गरियोस् ।

२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेढ महिना बढी चलेको आन्दोलनका मागहरु पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्दै चार शीर्ष पदाधिकारीलाई पदमुक्त गरियोस् । बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार नयाँ पदाधिकारी नियुक्त गर्दै त्यसका लागि तत्काल कानुनी व्यवस्था गरियोस् ।

३. पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा हाम्रो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुन अनुसार कारवाही गरियोस् ।

४. विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस् । अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्ने कुरालाई निश्चित गरियोस् । २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस् । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस् । काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस् ।

५.यस अगाडि हामीसित भएको सबै सम्झौताहरु कार्यान्वयन गरियोस् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गरियोस् ।

डा गोविन्द केसी
काठमाडौं, २०७८।४।२२

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top